६१ वर्षको उमेरमा यी महिलालाई सुन्दरी बन्ने भूत चढेपछि लागिन् तौल घटाउन — OSNepal

६१ वर्षको उमेरमा यी महिलालाई सुन्दरी बन्ने भूत चढेपछि लागिन् तौल घटाउन

LC (KTM) August 22, 2022 0

काठमाडौँ ।

उमेर बढ्दै गएपछि तौल घटाउन धेरैले आनाकानी गर्छन् ।

तर एक ६१ वर्षकी टिभी अभिनेत्रीले भने आफ्नो तोल घटाउनका लागि कुनै कसुर बँकी राखेकी छैनन् ।

पोर्चुलकी ६१ वर्षकी टिभी अभिनेत्री कैरोल वोर्डमैनले १५ दिनमा तौल घटाएको देखेर सबै चकित परेका छन् । ६१ वर्षकी उनले आफ्नो १५ दिन अघि र पछिको तस्विर इस्टाग्राममा पोस्ट गर्दै आँफुलाई तुलना गरेर १५ दिनमा तौल घटाएको कमालको वास्तविकता बताएकी छिन् ।

टिभी स्टार कैरोलले आफ्नो तौल घटाउनकै लागि केही दिन घर छाडेर टाढाको एउटा क्याममा गइन् । जहाँ तौल घटाउने काम सिकाइदै आएको थियो । उनले क्याम्पमा बस्दा १८ दिनमा ३ दिन रेष्टुरेण्टको खाना समेत खाएको बताएकी छिन् ।

तर उनले बाँकीका १५ दिन केही नै नखाएको समेत रहस्य खोलीन् । पोर्चुगलकी यी स्टारले १५ दिनको अवधिमा निकै अभ्यास समेत गरेको इस्टाग्राममा उल्लेख गरेकी छिन् । ६१ वर्षको बृद्धाअवस्थामा समेत तौल घटाउन रुचाएकी यी टिभी अभिनेत्रीले आफ्नो तौल घटाएर सबैलाई अचम्मा पारेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर