काठमाडौँ ।
उमेर बढ्दै गएपछि तौल घटाउन धेरैले आनाकानी गर्छन् ।
तर एक ६१ वर्षकी टिभी अभिनेत्रीले भने आफ्नो तोल घटाउनका लागि कुनै कसुर बँकी राखेकी छैनन् ।
पोर्चुलकी ६१ वर्षकी टिभी अभिनेत्री कैरोल वोर्डमैनले १५ दिनमा तौल घटाएको देखेर सबै चकित परेका छन् । ६१ वर्षकी उनले आफ्नो १५ दिन अघि र पछिको तस्विर इस्टाग्राममा पोस्ट गर्दै आँफुलाई तुलना गरेर १५ दिनमा तौल घटाएको कमालको वास्तविकता बताएकी छिन् ।
टिभी स्टार कैरोलले आफ्नो तौल घटाउनकै लागि केही दिन घर छाडेर टाढाको एउटा क्याममा गइन् । जहाँ तौल घटाउने काम सिकाइदै आएको थियो । उनले क्याम्पमा बस्दा १८ दिनमा ३ दिन रेष्टुरेण्टको खाना समेत खाएको बताएकी छिन् ।
तर उनले बाँकीका १५ दिन केही नै नखाएको समेत रहस्य खोलीन् । पोर्चुगलकी यी स्टारले १५ दिनको अवधिमा निकै अभ्यास समेत गरेको इस्टाग्राममा उल्लेख गरेकी छिन् । ६१ वर्षको बृद्धाअवस्थामा समेत तौल घटाउन रुचाएकी यी टिभी अभिनेत्रीले आफ्नो तौल घटाएर सबैलाई अचम्मा पारेकी छिन् ।