काठमाडौं २९ साउन । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा १५ दिन मात्रै प्रचार गर्न पाउने निर्देशिका जारी गरेको छ ।
मुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रचारप्रसारमा लामो समय दिँदा निर्वाचनको मात्र होइन, उम्मेदवारहरूको खर्च पनि बढ्ने भएकाले प्रचार प्रसारको समय थोरै राखिएको बताए ।
‘लामो समय दिँदा निर्वाचनको मात्र होइन, उम्मेदवारहरूको खर्च पनि बढ्ने,जस्ले गर्दा राज्यका अंगहरू शिथिल हुने र विकास निर्माणदेखि जनताका काम सुस्त हुन्छ’ थपलियाले भने ।
थपलियाले उम्मेदवारी दर्ता मतदानभन्दा ३९ दिनअघि नै हुने भए पनि प्रचारको समय घटाइएको जानकारी दिए ।