निर्वाचनमा १५ दिन मात्रै प्रचार गर्न पाउने निर्देशिका जारी — OSNepal

निर्वाचनमा १५ दिन मात्रै प्रचार गर्न पाउने निर्देशिका जारी

LC (KTM) August 14, 2022 0

काठमाडौं २९ साउन । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा १५ दिन मात्रै प्रचार गर्न पाउने निर्देशिका जारी गरेको छ ।

मुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रचारप्रसारमा लामो समय दिँदा निर्वाचनको मात्र होइन, उम्मेदवारहरूको खर्च पनि बढ्ने भएकाले प्रचार प्रसारको समय थोरै राखिएको बताए ।

‘लामो समय दिँदा निर्वाचनको मात्र होइन, उम्मेदवारहरूको खर्च पनि बढ्ने,जस्ले गर्दा राज्यका अंगहरू शिथिल हुने र विकास निर्माणदेखि जनताका काम सुस्त हुन्छ’ थपलियाले भने ।

थपलियाले उम्मेदवारी दर्ता मतदानभन्दा ३९ दिनअघि नै हुने भए पनि प्रचारको समय घटाइएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर