काठमाडौं २४ साउन । काठमाडौं महानगरपालिकाका मेयर साहले नर्भिक अस्पतालले सरकारी जग्गामा निर्माण गरिएका संरचना भत्काउने समय थप गरेका छन् ।
सोमबार एक सुचना जारी गर्दै २४ घण्टाको समय दिएपछि एक दिनमा भत्काउन नक्ने भन्दै अस्पताल प्रशासनले भनेपछि मेयर साहले समय थप गरेका हुन् ।
टहरा नभत्केपछि आज आफै नर्भिक अस्पताल पुगेका साह र अस्पतालबीच सरकारी जग्गामा निर्माण गरिएका संरचना भत्काउने विषयमा समझदारी भएको छ ।
साथै ,दुवै पक्षका इन्जिनियर राखेर त्यहाँ रहेका अक्सिजन प्लान्ट हटाउन लाग्ने समय निश्चित गरेर महानगरले त्यति समय प्रदान गर्ने समझदारी भएको छ ।
इन्जिनियरहरुले दिने सुझाव अनुसार महानगरले समय उपलब्ध गराउने र त्यस समयभित्र नर्भिकले संरचना खाली गर्ने समझदारी भएको छ ।
नर्भिकले महानगरलाई पठाएको पत्र