नर्भिक अस्पतालको टहरा भत्काउने विषयमा मेयर साह देखिए लचक , टहरा भत्काउन केहि समय दिइने — OSNepal

नर्भिक अस्पतालको टहरा भत्काउने विषयमा मेयर साह देखिए लचक , टहरा भत्काउन केहि समय दिइने

LC (KTM) August 09, 2022 0

काठमाडौं २४ साउन । काठमाडौं महानगरपालिकाका मेयर साहले नर्भिक अस्पतालले सरकारी जग्गामा निर्माण गरिएका संरचना भत्काउने समय थप गरेका छन् ।

सोमबार एक सुचना जारी गर्दै २४ घण्टाको समय दिएपछि एक दिनमा भत्काउन नक्ने भन्दै अस्पताल प्रशासनले भनेपछि मेयर साहले समय थप गरेका हुन् ।

टहरा नभत्केपछि आज आफै नर्भिक अस्पताल पुगेका साह र अस्पतालबीच सरकारी जग्गामा निर्माण गरिएका संरचना भत्काउने विषयमा समझदारी भएको छ ।

साथै ,दुवै पक्षका इन्जिनियर राखेर त्यहाँ रहेका अक्सिजन प्लान्ट हटाउन लाग्ने समय निश्चित गरेर महानगरले त्यति समय प्रदान गर्ने समझदारी भएको छ ।

इन्जिनियरहरुले दिने सुझाव अनुसार महानगरले समय उपलब्ध गराउने र त्यस समयभित्र नर्भिकले संरचना खाली गर्ने समझदारी भएको छ ।

नर्भिकले महानगरलाई पठाएको पत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर