चिनियाँ नागरिकले सञ्चालन गर्दै आएको ठमेलको कल सेन्टरमा प्रहरीको छापा,४ जना पक्राउ — OSNepal

चिनियाँ नागरिकले सञ्चालन गर्दै आएको ठमेलको कल सेन्टरमा प्रहरीको छापा,४ जना पक्राउ

LC (KTM) July 27, 2022 0

काठमाडौं ११ साउन । चिनियाँ नागरिकले सञ्चालन गर्दै आएको काठमाडौं स्थित ठमेलमा रहेको कल सेन्टरमा पनि प्रहरीले छापा मारेको छ ।

ज्याठामा भियना होटलसँगै रहेको भवनबाट चारजना चिनियाँ नागरिकलाई जिल्ला प्रहरी परिसर, काठमाडौंले पक्राउ गरेको हो ।

प्रहरी उक्त कल सेन्टरबाट २७ वटा ल्यापटप, ४७२ मोबाइल, एनसेल र स्मार्ट सेलको सीम कार्ड २०/२० वटा र एक लाख ९० हजार रुपैयाँ बराबरको रिचार्ज कार्ड बरामत गरेको छ ।

यस्तै सोमबार मात्र प्रहरीले तीनकुनेको कल सेन्टरमा छापा मारेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर