काठमाडौं ११ साउन । चिनियाँ नागरिकले सञ्चालन गर्दै आएको काठमाडौं स्थित ठमेलमा रहेको कल सेन्टरमा पनि प्रहरीले छापा मारेको छ ।
ज्याठामा भियना होटलसँगै रहेको भवनबाट चारजना चिनियाँ नागरिकलाई जिल्ला प्रहरी परिसर, काठमाडौंले पक्राउ गरेको हो ।
प्रहरी उक्त कल सेन्टरबाट २७ वटा ल्यापटप, ४७२ मोबाइल, एनसेल र स्मार्ट सेलको सीम कार्ड २०/२० वटा र एक लाख ९० हजार रुपैयाँ बराबरको रिचार्ज कार्ड बरामत गरेको छ ।
यस्तै सोमबार मात्र प्रहरीले तीनकुनेको कल सेन्टरमा छापा मारेको थियो ।