दिनहुँ बढ्दै कोरोना संक्रमतिको संख्या : थप ६३८ जनामा संक्रमण पुष्टि हुँदा २ जनाले गुमाए ज्यान — OSNepal

दिनहुँ बढ्दै कोरोना संक्रमतिको संख्या : थप ६३८ जनामा संक्रमण पुष्टि हुँदा २ जनाले गुमाए ज्यान

LC (KTM) July 26, 2022 0

काठमाडौं १० साउन । नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या दिनँहु बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

देशभर २४ घण्टामा गरिएको ५०५५ नमुनामध्ये २२१५ आरटी पीसीआर गर्दा ४०० जना र २८४० एन्टीजेन परीक्षण गरिएकोमा २३८ जना गरी ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

योसँगै सक्रिय संक्रमितको संख्या ३७१४ जना पुगेको त्यसैगरी , पछिल्लो २४ घण्टामा थप २ जना संक्रमितको ज्यान गएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप २१८ जनामा निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर