काठमाडौं १० साउन । नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या दिनँहु बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
देशभर २४ घण्टामा गरिएको ५०५५ नमुनामध्ये २२१५ आरटी पीसीआर गर्दा ४०० जना र २८४० एन्टीजेन परीक्षण गरिएकोमा २३८ जना गरी ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
योसँगै सक्रिय संक्रमितको संख्या ३७१४ जना पुगेको त्यसैगरी , पछिल्लो २४ घण्टामा थप २ जना संक्रमितको ज्यान गएको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा थप २१८ जनामा निको भएका छन् ।