काठमाडौं ६ साउन । राष्ट्रिय जनमोर्चाकी अध्यक्ष एवं सांसद दुर्गा पौडेलले बंशजको आधारमा नागरिकता दिन नहुने बताएकी छन् ।
शुक्रबार जारी संसद बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयकमाथि दफाबार छलफलमा भाग लिदै सांसद पौडेलले जन्म र विवाह गरेकै आधारमा बंशजको नागरिकता दिनु राष्ट्रघाती र आत्मघाती भएको बताएकी हुन् ।
‘बाबु र आमा दुवैले बंशजको आधारमा नागरिकता प्राप्त गरेका छन भने मात्र तिनका सन्तानले बंशजको आधारमा नागरिकता पाउनुपर्छ। जन्म र विवाहका आधारमा बंशजको नागरिकता दिनु राष्ट्रघाती र आत्मघाती,’
कुनै पनि देशले सर्वपक्षीय मूल्यांकन गरेर मात्रै देशको हित हुनेगरी नागरिकता वितरण गर्दै जानकारी दिएकी उनले विदेशी महिलाले विवाह गरेर आएपछि कति समयमा नागरिकता दिने सबै देशको आ-आफ्नै नियम भएकाले नेपालमा पनि सातको वर्षको प्रावधान हुनुपर्ने बताइन् ।