जन्म र विवाहका आधारमा बंशजको नागरिकता दिनु राष्ट्रघाती र आत्मघाती : सांसद दुर्गा पौडेल — OSNepal

जन्म र विवाहका आधारमा बंशजको नागरिकता दिनु राष्ट्रघाती र आत्मघाती : सांसद दुर्गा पौडेल

LC (KTM) July 22, 2022 0

काठमाडौं ६ साउन । राष्ट्रिय जनमोर्चाकी अध्यक्ष एवं सांसद दुर्गा पौडेलले बंशजको आधारमा नागरिकता दिन नहुने बताएकी छन् ।

शुक्रबार जारी संसद बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयकमाथि दफाबार छलफलमा भाग लिदै सांसद पौडेलले जन्म र विवाह गरेकै आधारमा बंशजको नागरिकता दिनु राष्ट्रघाती र आत्मघाती भएको बताएकी हुन् ।

‘बाबु र आमा दुवैले बंशजको आधारमा नागरिकता प्राप्त गरेका छन भने मात्र तिनका सन्तानले बंशजको आधारमा नागरिकता पाउनुपर्छ। जन्म र विवाहका आधारमा बंशजको नागरिकता दिनु राष्ट्रघाती र आत्मघाती,’

कुनै पनि देशले सर्वपक्षीय मूल्यांकन गरेर मात्रै देशको हित हुनेगरी नागरिकता वितरण गर्दै जानकारी दिएकी उनले विदेशी महिलाले विवाह गरेर आएपछि कति समयमा नागरिकता दिने सबै देशको आ-आफ्नै नियम भएकाले नेपालमा पनि सातको वर्षको प्रावधान हुनुपर्ने बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर