काठमाडौं ५ साउन । ततकालिन अर्थमन्त्री जनार्दन शर्मासँग संसदीय विशेष समितिले सोधपुछ गर्ने भएको छ । बयान दिनकै लागि शर्मा सिंहदरबारस्थित समितिको बैठक कक्षमा पुगेका छन् ।
आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई सहभागि गराई करको दर हेरफेरको गरेको आरोप लागेपछि शर्माले असार २२ गते राजीनामा दिएका थिए ।
शर्मामाथि छानविन गर्न ११ सदस्यीय छानविन समिति बनेको हो । शर्मा अघि अर्थमन्त्रालयका उच्च अपदस्थ कर्मचारी र समाचार लेख्ने पत्रकारहरुसँग पनि बयान लिइसकिएको छ ।