अर्थमन्त्रीलाई माओवादी केन्द्रले फिर्ता बोलाउनुपर्छ : प्रदीप पौडेल — OSNepal

अर्थमन्त्रीलाई माओवादी केन्द्रले फिर्ता बोलाउनुपर्छ : प्रदीप पौडेल

LC (KTM) July 06, 2022 0

काठमाडौं २२ असार । नेपाली कांग्रेसका केन्द्रिय सदस्य नेता प्रदीप पौडेलले माओवादी केन्द्रलाई अर्थमन्त्री जनार्दन शर्मालाई फिर्ता बोलाउन माग गरेका छन् ।

माओबादीले आफनो मन्त्रीलाई फिर्ता बोलाएर छानबीनको मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखेका नेता पौडेलले सामाजिक सञ्जाल मार्फत यस्तो बताएका हुन् ।

सिसिटिभीको फुटेज तीन महिनासम्म सुरक्षित राख्नु पर्ने अर्थ मन्त्रालयलाई जिम्मेवारीबाट उम्किने छुट नभएको स्पष्ट पारेका उनले राज्यले तोकेको नियम र कानुन विपरीत गएमा जो कोहीको कानुनी उपचार हुनुपर्ने बताएका छन् ।

निरन्तर रुपमा चौतर्फी विरोध उठीसकेपछि अर्थमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिएर सत्य तथ्य छानबिनका लागि मार्ग प्रसस्त गर्नुपर्ने नेता पौडेलको सुझाव रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर