काठमाडौं २२ असार । नेपाली कांग्रेसका केन्द्रिय सदस्य नेता प्रदीप पौडेलले माओवादी केन्द्रलाई अर्थमन्त्री जनार्दन शर्मालाई फिर्ता बोलाउन माग गरेका छन् ।
माओबादीले आफनो मन्त्रीलाई फिर्ता बोलाएर छानबीनको मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखेका नेता पौडेलले सामाजिक सञ्जाल मार्फत यस्तो बताएका हुन् ।
सिसिटिभीको फुटेज तीन महिनासम्म सुरक्षित राख्नु पर्ने अर्थ मन्त्रालयलाई जिम्मेवारीबाट उम्किने छुट नभएको स्पष्ट पारेका उनले राज्यले तोकेको नियम र कानुन विपरीत गएमा जो कोहीको कानुनी उपचार हुनुपर्ने बताएका छन् ।
निरन्तर रुपमा चौतर्फी विरोध उठीसकेपछि अर्थमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिएर सत्य तथ्य छानबिनका लागि मार्ग प्रसस्त गर्नुपर्ने नेता पौडेलको सुझाव रहेको छ ।