काठमाडौं २२ असार । नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको केन्द्रिय समितिको बैठक नबस्ने भएको छ ।
आज १ बजेका लागि बस्ने भनिएको बैठक भोली बिहान ११ बजे बस्ने गरी स्थगित भएको पार्टी अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।
हिजो मंगलबार पदाधिकारी, स्थायी समिति, पोलिट्व्यूरो समितिलगायत पार्टी संरचनाको विषयमा छलफल गर्न बैठक स्थगित गरिएको थियो ।
आज प्रचण्डले पदाधिकारीको नाम पढेर सुनाउने कार्य तालिका रहेको थियो ।