माओवादी केन्द्रको आज बस्ने भनिएको केन्द्रिय समितिको बैठक फेरि भयो स्थगित — OSNepal

माओवादी केन्द्रको आज बस्ने भनिएको केन्द्रिय समितिको बैठक फेरि भयो स्थगित

LC (KTM) July 06, 2022 0

काठमाडौं २२ असार । नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको केन्द्रिय समितिको बैठक नबस्ने भएको छ ।

आज १ बजेका लागि बस्ने भनिएको बैठक भोली बिहान ११ बजे बस्ने गरी स्थगित भएको पार्टी अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

हिजो मंगलबार पदाधिकारी, स्थायी समिति, पोलिट्व्यूरो समितिलगायत पार्टी संरचनाको विषयमा छलफल गर्न बैठक स्थगित गरिएको थियो ।

आज प्रचण्डले पदाधिकारीको नाम पढेर सुनाउने कार्य तालिका रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर