काठमाडौं १२ असार । पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सवारी साधनको भाडा समेत घटेको छ । सरकारले यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारीको भाडादर घटाएको हो ।
भाडा घटेसँगै यात्रुबाहक सवारीको भाडा ५.४१, पहाडी बाटोमा , ६.९७ प्रतिशत र तराईको बाटोमा ७.६८ प्रतिशतले घटाइएको छ ।
नेपाल आयल निगमले आइतबार रातिबाट लागु हुने डिजेल प्रतिलिटर २९ र पेट्रोल प्रतिलिटर २० रूपैयाँ घटाएको थियो । अब नयाँ भाडादर आजबाट लागु हुने भएको छ ।