अहिलेकी चलेकी गायिका रचना रिमाल र गायक प्रबिन भेडवालको ख्याल र ख्यालैमा बोलको कर्णप्रिय गीत सार्वजनिक भएको छ । यो गीतको शब्द एकदमै जनविविका संग जोडिएको मौलिक पाराको रहेको छ । गीतको रचना द्धारीका ढुंगानाले गरेका छन् । गीतलाई सि एल शर्माले संगीत भरेका छन् भने एरेन्ज तथा मिक्सिङ पुस्कर खत्रीको रहेको छ ।
गीतको निर्देशन बिक्रम चौहानले गरेका छन् भने छायाँकन प्रकाश खड्काको रहेको छ । यस गीतको भिडियोको संपादन तथा पोस्टर आर्ट लक्ष्मण चौहानको रहेको छ । कलरको काम मिलन बिश्वकर्माले गरेका छन् । यस गीतका दुबै गायक गायीका रियालिटी शो बाट चर्चामा आएका हुन् ।