काठमाडौं ८ असार । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले सेयर लगानीकर्तालाई साथ दिँदै सरकारसँग आफूले सकेको पहल गर्ने बताएका छन् ।
लगानीकर्ताहरूको आन्दोलनमा सहभागी हुँदै मेयर साहले मेहनतले लगानी गरेको पैसाप्रति कसैले पनि गलत दृष्टिले हेर्न नहुने बताएका छन् ।
८ दिनदेखि लगानीकर्ताहरू पुँजी बजार सुधारका लागि १९ बुँदे मागसहित आमरण अनशनमा बसेका छन् । मेयर साहले वार्तामा बसेर सरकारलाई निकास दिन आग्रह समेत गरेका छन् ।