काठमाडौ ३१ जेठ । कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्रराय यादवले यही असार १५ गते सम्म ८० हजार मेटिकटन मल उपलब्ध हुने बताएका छन् ।
मंगलबार बसेको संसद बैठकमा मन्त्री यादवे कृषि उपज आयातको विवरणबारे संसदमा जानकारी गराउँदै यस्तो बताएका हुन् ।
कृषि मन्त्रालयको विनियोजित बजेट सम्बन्धमा संसदमा उठेको प्रश्नको जवाफ दिने क्रममा मन्त्री यादवले असार १५ सम्म डीएपी र युरिया मल ८० हजार मेट्रिकटन आउने बताएका हुन् । अहिले १४ हजार मेट्रिकटन मल रहेको जानकाी गराएका उनले
भारतसँगको जीटूजीको मल पनि छिट्टै ल्याउन पहल गरिरहेको पनि जानकारी दिएका छन् । साथै, उनले सरकारले मल कारखाना निर्माणको विषय चाँडै टुंगो लागाउने पनि सांसदहरुलाई जानकारी गराएका छन् ।
नेपालमा रासायनिक मल कारखाना खोल्ने मोडालिटि चाँडै टुंगिने अवस्थामा पुगेको बताएका उनले नेपालमा रासायनिक मल कारखाना खोल्नका लागि सरकारले यस वर्ष बजेट विनियोजन गरेको जनाएका छन् ।
पहिलो प्राथमिकता भनेको किसानको माटो परिक्षणका काम रहेको भन्दै उनले भने, ‘उत्पादित कृषि उपज संरक्षणका लागि शीतभण्डार र अन्न भण्डार निर्माणका लागि पनि स्थानीय तहसँगको सहकार्यमा सरकारले बजेट विनियोजन गरेको छ ।’