असार १५ सम्म ८० हजार मेट्रिकटन डीएपी र युरिया मल उपलब्ध हुन्छ : कृषि मन्त्री — OSNepal

असार १५ सम्म ८० हजार मेट्रिकटन डीएपी र युरिया मल उपलब्ध हुन्छ : कृषि मन्त्री

LC (KTM) June 14, 2022 0

काठमाडौ ३१ जेठ । कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्रराय यादवले यही असार १५ गते सम्म ८० हजार मेटिकटन मल उपलब्ध हुने बताएका छन् ।

मंगलबार बसेको संसद बैठकमा मन्त्री यादवे कृषि उपज आयातको विवरणबारे संसदमा जानकारी गराउँदै यस्तो बताएका हुन् ।

कृषि मन्त्रालयको विनियोजित बजेट सम्बन्धमा संसदमा उठेको प्रश्नको जवाफ दिने क्रममा मन्त्री यादवले असार १५ सम्म डीएपी र युरिया मल ८० हजार मेट्रिकटन आउने बताएका हुन् । अहिले १४ हजार मेट्रिकटन मल रहेको जानकाी गराएका उनले

भारतसँगको जीटूजीको मल पनि छिट्टै ल्याउन पहल गरिरहेको पनि जानकारी दिएका छन् । साथै, उनले सरकारले मल कारखाना निर्माणको विषय चाँडै टुंगो लागाउने पनि सांसदहरुलाई जानकारी गराएका छन् ।

नेपालमा रासायनिक मल कारखाना खोल्ने मोडालिटि चाँडै टुंगिने अवस्थामा पुगेको बताएका उनले नेपालमा रासायनिक मल कारखाना खोल्नका लागि सरकारले यस वर्ष बजेट विनियोजन गरेको जनाएका छन् ।

पहिलो प्राथमिकता भनेको किसानको माटो परिक्षणका काम रहेको भन्दै उनले भने, ‘उत्पादित कृषि उपज संरक्षणका लागि शीतभण्डार र अन्न भण्डार निर्माणका लागि पनि स्थानीय तहसँगको सहकार्यमा सरकारले बजेट विनियोजन गरेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर