काठमाडौं ३० जेठ । नेकपा एमालेका सांसद महेश बस्नेतले रासायनिक मल मल ल्याउन नसक्ने मन्त्रीलाई कारबाही माग राखेका छन् ।
सोमबार सबेको संसद बैठकमा एमालेले प्रस्ताव गरेको मल अभाव सम्बन्धी जरुरी सार्वजनिक महत्वको छलफलमा भाग लिएका उनले मल ल्याउन नसकेका मन्त्रीहरुलाई कारबाही हुनु पर्ने बताएका हुन् ।
६० प्रतिशत किसान भएको मुलुकमा मल अभाव भएको भन्दै गुनासो पोखेका उनले भने , ‘कृषि बाटै ८ प्रतिशत आर्थिक वृद्धि गर्ने भनिरहेका छौं । तर, किसानले मल पाइरहेका छैनन् ।’
फोहोरलाई कम्पोष्ट मल बनाउने योजना बनाउन किन सरकार असफल हुँदै आएको भन्दै उनले प्रश्न समेत गरेका छन् ।
साथै, उनले अर्थमन्त्री जनार्दन शर्माले पनि कमिसनमा करको दररेट चलाएको गम्भिर आरोप लगाएका छन् ।