एमाले सांसद बस्नेतको प्रश्न - यो सरकारले फोहोरलाई कम्पोष्ट मल बनाउने योजना किन ल्याउन नसकेको ? — OSNepal

एमाले सांसद बस्नेतको प्रश्न – यो सरकारले फोहोरलाई कम्पोष्ट मल बनाउने योजना किन ल्याउन नसकेको ?

LC (KTM) June 13, 2022 0

काठमाडौं ३० जेठ । नेकपा एमालेका सांसद महेश बस्नेतले रासायनिक मल मल ल्याउन नसक्ने मन्त्रीलाई कारबाही माग राखेका छन् ।

सोमबार सबेको संसद बैठकमा एमालेले प्रस्ताव गरेको मल अभाव सम्बन्धी जरुरी सार्वजनिक महत्वको छलफलमा भाग लिएका उनले मल ल्याउन नसकेका मन्त्रीहरुलाई कारबाही हुनु पर्ने बताएका हुन् ।

६० प्रतिशत किसान भएको मुलुकमा मल अभाव भएको भन्दै गुनासो पोखेका उनले भने , ‘कृषि बाटै ८ प्रतिशत आर्थिक वृद्धि गर्ने भनिरहेका छौं । तर, किसानले मल पाइरहेका छैनन् ।’

फोहोरलाई कम्पोष्ट मल बनाउने योजना बनाउन किन सरकार असफल हुँदै आएको भन्दै उनले प्रश्न समेत गरेका छन् ।

साथै, उनले अर्थमन्त्री जनार्दन शर्माले पनि कमिसनमा करको दररेट चलाएको गम्भिर आरोप लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर