बञ्चरेडाँडाका संघर्ष समितिका अध्यक्ष रिहा भए लगत्तै भोली सरकार र आन्दोलनरत समूहबीच सहरी विकास मन्त्रालयमा वार्ता — OSNepal

बञ्चरेडाँडाका संघर्ष समितिका अध्यक्ष रिहा भए लगत्तै भोली सरकार र आन्दोलनरत समूहबीच सहरी विकास मन्त्रालयमा वार्ता

LC (KTM) June 09, 2022 0

काठमाडौ २६ जेठ । नुवाकोटको बञ्चरेडाँडामा फोहोर फ्याल्ने विवादको विषयमा शुक्रबार सरकार र आन्दोलनरत समूहबीच वार्ता हुने भएको छ ।

सोमबार भएको सहमतिमा पनि स्थानीयले फोहोर फ्याल्न नदिएपछि मंगलबार र बुधबार प्रहरी र स्थानीयबिच तनावको स्थिति भएको थियो । प्रहरीले तीन जनालाई पक्राउ समेत गरेको थियो ।

बुधबार पक्राउ परेका उनीहरु आज २२ घण्टा पछि रिहा भएका छन् । रिहा भए लगत्तै भोली शुक्रबार सहरी विकास मन्त्री रामकुमारी झाँक्री, आन्दोलनरत संघर्ष समितिका संयोजक श्रीराम ढुंगाना, फोहोरमैलाबाट प्रभावित नुवाकोट र धादिङका वडाध्यक्ष, नुवाकोटका कांग्रेस नेता प्रकाशशरण महत लगायतको टोलीले वार्ता गर्ने भएको छ ।

आज पनि फोहोरको गाडी रोकेपछि सहरी विकास मन्त्रालयले बञ्चरेडाँडा संघर्ष समिति र वडाका प्रतिनिधिसमेतलाई राखेर शुक्रबार नै वार्ता गर्न लागेको हो। वार्ता बिहान ८ बजे मन्त्रालयमा हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर