अत्यधिक वर्षाका कारण मेलम्ची खोलामा पानीको बहाव बढ्यो ,अस्थायी पुलमा क्षति — OSNepal

अत्यधिक वर्षाका कारण मेलम्ची खोलामा पानीको बहाव बढ्यो ,अस्थायी पुलमा क्षति

LC (KTM) June 09, 2022 0

काठमाडौं २६ जेठ । अत्यधिक वर्षाका कारण मेलम्ची खोलामा पानीको बहाव फेरि बढ्न थालेको छ । मेलम्ची वडा नम्बर-७ र ११ जोड्नका लागि बनाइएको अस्थायी पुलमा समेत अरिवरल आएको पानीले क्षति पुगेको छ ।

बाढीले फट्टेमा राखिएको ह्युमपाइपमा क्षति पुर्‍याउँदा आवतजावतमा समस्या परेको छ । जसबाट मेलम्चीका ६ वटा नागरिक प्रभावित भएका छन् ।

अघिल्लो वर्षको असार १ गते आएको बाढीले त्यस स्थानमा रहेको पक्क पुल भत्काएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर