काठमाडौं २४ जेठ । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मंगलबार गण्डकी प्रदेश सभामा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
प्रदेशका विभिन्न स्थानमा रक क्लाइम्बिङ र प्याराग्लाइडिङको सम्भावना पहिचान गरिने तथा प्रदेशमा रहेका तर नामाकरण नभएका हिमशिखरको नामाकरण गर्नका लागि पहल गरिने प्रस्तुत् गरिएको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
गण्डकी प्रदेशमा हनिमुन टुरिजम प्रवर्द्धन गर्ने कार्यक्रम ल्याउने हिमागृहलाई सर्वसाधारणका लागि समेत खुला गरी आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने गरिने प्रदेश प्रमुख गुरुङले बताएका छन् ।
पोखरामा अत्याधुनिक प्रविधिमा आधारित गण्डकी पर्यटन सूचना केन्द्र स्थापना गरिने पनि उनले बताएका छन् ।