रक क्लाइम्बिङ र प्याराग्लाइडिङको सम्भावना पहिचान गरिने भन्दै गण्डकी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक (पुर्णपाठसहित ) — OSNepal

रक क्लाइम्बिङ र प्याराग्लाइडिङको सम्भावना पहिचान गरिने भन्दै गण्डकी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक (पुर्णपाठसहित )

LC (KTM) June 07, 2022 0

काठमाडौं २४ जेठ । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मंगलबार गण्डकी प्रदेश सभामा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

प्रदेशका विभिन्न स्थानमा रक क्लाइम्बिङ र प्याराग्लाइडिङको सम्भावना पहिचान गरिने तथा प्रदेशमा रहेका तर नामाकरण नभएका हिमशिखरको नामाकरण गर्नका लागि पहल गरिने प्रस्तुत् गरिएको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

गण्डकी प्रदेशमा हनिमुन टुरिजम प्रवर्द्धन गर्ने कार्यक्रम ल्याउने हिमागृहलाई सर्वसाधारणका लागि समेत खुला गरी आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने गरिने प्रदेश प्रमुख गुरुङले बताएका छन् ।

पोखरामा अत्याधुनिक प्रविधिमा आधारित गण्डकी पर्यटन सूचना केन्द्र स्थापना गरिने पनि उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर