चितवन ९ जेठ । भरतपुर महानगरमा अब मात्र साढे ११ हजार मत गन्न बाँकी रहेको छ । जहाँ गठवन्धनकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहाल ११ हजार ३८९ मतान्तरले अगाडी रहेकी छन् ।
उनका प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३५ हजार ५४६ मत प्राप्त पाएका छन् । रेणु दाहालले ४६ हजार ९३५ मत पाइसकेकी छन् । यता स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार २४१ मत प्राप्त पाएका छन् ।
एक लाख २७ हजार ८३९ मत खसेकोमा हालसम्म एक लाख १६ हजार ३६६ मत गणना सकिएको छ ।
यसैगरी , उपमेयरमा पनि नेपाली कांग्रेसका चित्रसेन अधिकारीले फराकिलो मतान्तर बनाएका छन् । अधिकारीले ४७ हजार ८५८ मत प्राप्त गर्दा उनकी प्रतिद्धन्दी राप्रपाकी हमिला गुरुङले २७ हजार ८९९ मात्र पाएकी छन् ।
अब साढे ११ मतगणना हुन बाँकी रहँदा अधिकारी विजयी भएका छन् । १९ हजार भन्दा बढीको मतान्तर बनाएका अधिकारी मत गणना हुनु अघि नै यस कारण विजयी भएका हुन् ।