साढे ११ हजार मत गन्न बाँकी रहँदा रेणुले बनाइन् ११ हजार भन्दा बढीको मतान्तर, उपमेयरमा अधिकारी मत गणना नसकिँदै विजयी — OSNepal

साढे ११ हजार मत गन्न बाँकी रहँदा रेणुले बनाइन् ११ हजार भन्दा बढीको मतान्तर, उपमेयरमा अधिकारी मत गणना नसकिँदै विजयी

LC (KTM) May 23, 2022 0

चितवन ९ जेठ । भरतपुर महानगरमा अब मात्र साढे ११ हजार मत गन्न बाँकी रहेको छ । जहाँ गठवन्धनकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहाल ११ हजार ३८९ मतान्तरले अगाडी रहेकी छन् ।

उनका प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३५ हजार ५४६ मत प्राप्त पाएका छन् । रेणु दाहालले ४६ हजार ९३५ मत पाइसकेकी छन् । यता स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार २४१ मत प्राप्त पाएका छन् ।

एक लाख २७ हजार ८३९ मत खसेकोमा हालसम्म एक लाख १६ हजार ३६६ मत गणना सकिएको छ ।

यसैगरी , उपमेयरमा पनि नेपाली कांग्रेसका चित्रसेन अधिकारीले फराकिलो मतान्तर बनाएका छन् । अधिकारीले ४७ हजार ८५८ मत प्राप्त गर्दा उनकी प्रतिद्धन्दी राप्रपाकी हमिला गुरुङले २७ हजार ८९९ मात्र पाएकी छन् ।

अब साढे ११ मतगणना हुन बाँकी रहँदा अधिकारी विजयी भएका छन् । १९ हजार भन्दा बढीको मतान्तर बनाएका अधिकारी मत गणना हुनु अघि नै यस कारण विजयी भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर