काठमाडौं – नेपाली कांग्रेस लमजुङका पूर्वसभापति एवं पूर्वसांसद हरिभक्त अधिकारीको निधन भएको छ । उनको आइतबार राति ११ बजे उपचारका क्रममा निधन भएको हो ।
विगत सात वर्षदेखि मधुमेह, उच्च रक्तचापलगायत रोगले थलिएर ओछ्यानमै रहेका अधिकारीलाई कोभिड देखिएपछि मेमोरियल अस्पताल स्वयम्भूमा उपचार भइरहेको थियो ।
अधिकारी वि सं २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा लमजुङ क्षेत्र नम्बर–२ बाट निर्वाचित भएका थिए । उनका श्रीमती, दुई छोरा र एक छोरी छन् ।