कोरोनाका कारण पूर्वसांसद अधिकारीको निधन — OSNepal

कोरोनाका कारण पूर्वसांसद अधिकारीको निधन

LC (KTM) June 14, 2021 0

काठमाडौं – नेपाली कांग्रेस लमजुङका पूर्वसभापति एवं पूर्वसांसद हरिभक्त अधिकारीको निधन भएको छ । उनको आइतबार राति ११ बजे उपचारका क्रममा निधन भएको हो ।

विगत सात वर्षदेखि मधुमेह, उच्च रक्तचापलगायत रोगले थलिएर ओछ्यानमै रहेका अधिकारीलाई कोभिड देखिएपछि मेमोरियल अस्पताल स्वयम्भूमा उपचार भइरहेको थियो ।

अधिकारी वि सं  २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा लमजुङ क्षेत्र नम्बर–२ बाट निर्वाचित भएका थिए ।   उनका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर