काठमाडौं ५ जेठ । सार्वजनिक विदाको दिन सरकारी सवारी साधन नचल्ने भएका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेसँगै अब सार्वजनिक विदाको दिन सरकारी सवारी साधन नचल्ने भएको हो ।
बिहिबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निणर्य गरेको हो ।
अब अत्यवश्यक भए जिल्ला प्रशासन कार्यालयबाट पास जारी गरिने भन्दै बैठकले पास नलिई र अत्यावश्यक बाहेक सवारी चलाए जफत गर्न ट्राफिक प्रहरीलाई निर्देशन समेत दिएको छ ।