सार्वजनिक विदाको दिन सरकारी सवारी साधन सञ्चालनमा रोक, चलाए जफत गर्न ट्राफिक प्रहरीलाई प्रशासनको निर्देशन — OSNepal

सार्वजनिक विदाको दिन सरकारी सवारी साधन सञ्चालनमा रोक, चलाए जफत गर्न ट्राफिक प्रहरीलाई प्रशासनको निर्देशन

LC (KTM) May 19, 2022 0

काठमाडौं ५ जेठ । सार्वजनिक विदाको दिन सरकारी सवारी साधन नचल्ने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेसँगै अब सार्वजनिक विदाको दिन सरकारी सवारी साधन नचल्ने भएको हो ।

बिहिबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निणर्य गरेको हो ।

अब अत्यवश्यक भए जिल्ला प्रशासन कार्यालयबाट पास जारी गरिने भन्दै बैठकले पास नलिई र अत्यावश्यक बाहेक सवारी चलाए जफत गर्न ट्राफिक प्रहरीलाई निर्देशन समेत दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर