सांसद पद थमौतीको माग गर्दै माधव नेपालले दायर गरेको रिटमा सुनुवाई हुँदै — OSNepal

सांसद पद थमौतीको माग गर्दै माधव नेपालले दायर गरेको रिटमा सुनुवाई हुँदै

LC (KTM) May 12, 2022 0

काठमाडौं २९ वैशाख । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज बिहिबार सुनुवाई हुने भएको छ ।

सांसद पद थमौती गर्न माग गर्दै दायर गरेको रिट न्यायाधीशहरू अनिलकुमार सिन्हा र तिलकुमार श्रेष्ठको संयुक्त इजलासमा तोकिएको छ ।

अध्यक्ष नेपालले २०७७ वैशाख नौ गते सांसद पद थमौतीको माग गर्दै रिट दायर गरेका थिए ।

रिट निवेदकहरू भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाल पनि थिए र तर नेपाल बाहेक सबै एमालेमा नै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर