काठमाडौं २९ वैशाख । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज बिहिबार सुनुवाई हुने भएको छ ।
सांसद पद थमौती गर्न माग गर्दै दायर गरेको रिट न्यायाधीशहरू अनिलकुमार सिन्हा र तिलकुमार श्रेष्ठको संयुक्त इजलासमा तोकिएको छ ।
अध्यक्ष नेपालले २०७७ वैशाख नौ गते सांसद पद थमौतीको माग गर्दै रिट दायर गरेका थिए ।
रिट निवेदकहरू भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाल पनि थिए र तर नेपाल बाहेक सबै एमालेमा नै छन् ।