काठमाडौं २७ वैशाख । आर्थिक मन्दिका कारण सरकारले निर्वाचनको समयमा नेपाल प्रहरीलाई दिने भत्ता कटौती गरेको छ ।
भत्तासँगै यो पटकको निर्वाचनमा नेपाल प्रहरीले आवश्यक पर्ने साना हतियार तथा झण्डै १५ हजार सञ्चार सेटको पनि अभाव बाबजुत प नि निर्वाचनमा खटिएको छ ।
साना हतियार नेपाली सेनासँग मागेको छ । भने पुराना बिग्रिएका सञ्चार सेट मर्मत सम्भार गरेर काम चलाएको छ । गएको २०७४ सालको निर्वाचनमा सात दिन बराबरको भत्ता पाएको नेपाल प्रहरी अहिलेको निर्वाचनमा त्यो पनि कटौती भएको हो ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि देशभर १० हजार ७५६ मतदानस्थल रहेका छन् । जसमा दुई हजार ९४६ मतदान स्थल अतिसंवेदनशीलको रूपमा वर्गिकरण प्रहरीले जनाएको छ ।
काठमाडौंबाट मात्रै नौ हजार ६ सय प्रहरी बाहिरी जिल्लामा खटिएका छन् । गृह मन्त्रालयले बाहिरी सुरक्षा र आपत्कालीन अवस्थामा सेना तैनाथ रहने गरी व्यवस्था गरेको छ ।