आर्थिक मन्दिका कारण निर्वाचनमा खटिएका प्रहरीको भत्ता कटौती — OSNepal

आर्थिक मन्दिका कारण निर्वाचनमा खटिएका प्रहरीको भत्ता कटौती

LC (KTM) May 10, 2022 0

काठमाडौं २७ वैशाख । आर्थिक मन्दिका कारण सरकारले निर्वाचनको समयमा नेपाल प्रहरीलाई दिने भत्ता कटौती गरेको छ ।

भत्तासँगै यो पटकको निर्वाचनमा नेपाल प्रहरीले आवश्यक पर्ने साना हतियार तथा झण्डै १५ हजार सञ्चार सेटको पनि अभाव बाबजुत प नि निर्वाचनमा खटिएको छ ।

साना हतियार नेपाली सेनासँग मागेको छ । भने पुराना बिग्रिएका सञ्चार सेट मर्मत सम्भार गरेर काम चलाएको छ । गएको २०७४ सालको निर्वाचनमा सात दिन बराबरको भत्ता पाएको नेपाल प्रहरी अहिलेको निर्वाचनमा त्यो पनि कटौती भएको हो ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि देशभर १० हजार ७५६ मतदानस्थल रहेका छन् । जसमा दुई हजार ९४६ मतदान स्थल अतिसंवेदनशीलको रूपमा वर्गिकरण प्रहरीले जनाएको छ ।

काठमाडौंबाट मात्रै नौ हजार ६ सय प्रहरी बाहिरी जिल्लामा खटिएका छन् । गृह मन्त्रालयले बाहिरी सुरक्षा र आपत्‌कालीन अवस्थामा सेना तैनाथ रहने गरी व्यवस्था गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर