देउवाको आग्रह : बागी उम्मेदवारी फिर्ता लिनुहोस् — OSNepal

देउवाको आग्रह : बागी उम्मेदवारी फिर्ता लिनुहोस्

LC (KTM) April 28, 2022 0

काठमाडौं १५ वैशाख । नेपाली कांग्रेसका सभापति शेबहादुर देउवाले वागी उम्मेदवार दिएका नेता कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् ।

प्रधानमन्त्री समेत रहेका देउवाले आज बिहिबार एक वक्तव्य जारी गर्दै उम्मेदवारी फिर्ता लिन आग्रह गरेका हुन् ।

देउवाले वक्तव्य मार्फत पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध दर्ता भएको स्वतन्त्र उम्मेदवारी फिर्ता लिन आग्रह गरेका हुन् ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि गठवन्धनको सहमति विपरित कांग्रेसबाट वागी उम्मेदवार दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर