काठमाडौं १५ वैशाख । नेपाली कांग्रेसका सभापति शेबहादुर देउवाले वागी उम्मेदवार दिएका नेता कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् ।
प्रधानमन्त्री समेत रहेका देउवाले आज बिहिबार एक वक्तव्य जारी गर्दै उम्मेदवारी फिर्ता लिन आग्रह गरेका हुन् ।
देउवाले वक्तव्य मार्फत पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध दर्ता भएको स्वतन्त्र उम्मेदवारी फिर्ता लिन आग्रह गरेका हुन् ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि गठवन्धनको सहमति विपरित कांग्रेसबाट वागी उम्मेदवार दिएका थिए ।