६ महानगर र ११ उपमहानगरको मेयर र उपमेयरको लागि सत्ता गठबन्धनमा सहमति सबैभन्दा धेरै कांग्रेसलाई — OSNepal

६ महानगर र ११ उपमहानगरको मेयर र उपमेयरको लागि सत्ता गठबन्धनमा सहमति सबैभन्दा धेरै कांग्रेसलाई

LC (KTM) April 20, 2022 0

काठमाडौं ७ वैशाख । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि सत्ता गठवन्धनले महानगर उपमहानगरको मेयर र उपमेयरमा सहमति जुटाएको छ ।

आइतबार देखि लगातार बसेको गठवन्धनको बैठकले बुधबार सम्म लगाएर सहमति जुटाएको हो ।

सहमति अनुसार ६ महानगरमा तिन वटा कांग्रेसलाई एक एक वटा माओवादी , जसपा र एकिकृत समाजवादीलाई परेको छ ।

जसमा कांग्रेसले काठमाडौं , ललितपुर र विराटनगर मेयर पाएको छ , भने उपमेयर वीरगञ्ज, भरतपुर र पोखरा पाउने भएको छ ।

माओवादी : भरतपुरको मेयर र ललितपुरको उपमेयर
नेकपा एकीकृत समाजवादी : पोखरा महानगरपालिकाको मेयर,काठमाडौं महानगरपालिकाको उपमेयर
जनता समाजवादी पार्टी : वीरगञ्जको मेयर र विराटनगरको उपमेयर

त्यसैगरी, उपमहानगरपालिकातर्फ
नेपाली कांग्रेस :धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज, धनगढीको मेयर पद र जितपुर सिमरा, घोराही र हेटौंडाको उपमेयर पद र
नेकपा माओवादी केन्द्र :जितपुर सिमरा र घोराही उपमहानगरपालिकाको मेयर पद र धरान र धनगढीको उपमेयर पद

नेकपा एकीकृत समाजवादी : हेटौंडा उपमहानगरपालिकाको मेयर पद र इटहरी, बुटवल र तुलसीपुरको उपमेयर
जनता समाजवादी पार्टी : जनकपुर उपमहानगरपालिकाको मेयर पद र कलैया र नेपालगञ्जको उपमेयर पद

यस्तो छ गठवन्धनको सहमति पत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर