काठमाडौं ७ वैशाख । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि सत्ता गठवन्धनले महानगर उपमहानगरको मेयर र उपमेयरमा सहमति जुटाएको छ ।
आइतबार देखि लगातार बसेको गठवन्धनको बैठकले बुधबार सम्म लगाएर सहमति जुटाएको हो ।
सहमति अनुसार ६ महानगरमा तिन वटा कांग्रेसलाई एक एक वटा माओवादी , जसपा र एकिकृत समाजवादीलाई परेको छ ।
जसमा कांग्रेसले काठमाडौं , ललितपुर र विराटनगर मेयर पाएको छ , भने उपमेयर वीरगञ्ज, भरतपुर र पोखरा पाउने भएको छ ।
माओवादी : भरतपुरको मेयर र ललितपुरको उपमेयर
नेकपा एकीकृत समाजवादी : पोखरा महानगरपालिकाको मेयर,काठमाडौं महानगरपालिकाको उपमेयर
जनता समाजवादी पार्टी : वीरगञ्जको मेयर र विराटनगरको उपमेयर
त्यसैगरी, उपमहानगरपालिकातर्फ
नेपाली कांग्रेस :धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज, धनगढीको मेयर पद र जितपुर सिमरा, घोराही र हेटौंडाको उपमेयर पद र
नेकपा माओवादी केन्द्र :जितपुर सिमरा र घोराही उपमहानगरपालिकाको मेयर पद र धरान र धनगढीको उपमेयर पद
नेकपा एकीकृत समाजवादी : हेटौंडा उपमहानगरपालिकाको मेयर पद र इटहरी, बुटवल र तुलसीपुरको उपमेयर
जनता समाजवादी पार्टी : जनकपुर उपमहानगरपालिकाको मेयर पद र कलैया र नेपालगञ्जको उपमेयर पद
यस्तो छ गठवन्धनको सहमति पत्र