दार्चुलामा कांग्रेस र माओवादी केन्द्रबीचमात्रै गठबन्धन भएपछि समाजवादीले भन्यो - आफ्नो पार्टीलाई पेलेर जाने कुरा मान्य हुँदैन — OSNepal

दार्चुलामा कांग्रेस र माओवादी केन्द्रबीचमात्रै गठबन्धन भएपछि समाजवादीले भन्यो – आफ्नो पार्टीलाई पेलेर जाने कुरा मान्य हुँदैन

LC (KTM) April 20, 2022 0

काठमाडौ ७ वैशाख । दार्चुलामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीचमात्रै गठबन्धन हुने भएको छ ।

सहमति अनुसार नौ स्थानीय तहमध्ये दुई नगरपालिकासहित पाँच कांग्रेस र अन्य चारवटा गाँउपालिका माओवादी केन्द्रले लिने सम्झौता भएको छ ।

सुदूरपश्चिम प्रदेशको दार्चुलामा माधव नेपाल नेतृत्वको एकिकृत समाजवादी पार्टी भने बाहिरिएको छ ।

सहमति भए अनुसार महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका, दुहुँ गाउँपालिका र व्याँस गाउँपालिकाको अध्यक्ष÷प्रमुख पाउने भएको छ ।

त्यसैगरी, माओवादीको भागमा दार्चुलाको अपिहिमाल गाउँपालिका, मार्मा गाउँपालिका, नौगाड गाउँपालिका र लेकम गाउँपालिकाको अध्यक्ष परेको छ ।

दुई पार्टी बिच भएको गठवन्धनको नेकपा एसले भने आपत्ती जनाएको छ । आफ्नो पार्टीलाई पेलेर जाने कुरा मान्य नहुने भन्दै समाजवादीका सुदूरपश्चिम प्रदेश उपाध्यक्ष हर्क सिंहले भने आपत्ती जनाएका छन् ।

‘गठबन्धन भनेको सम्मानजनक सहभागिता भएकाले पोजिसन हेरेर स्थान दिनुपर्छ’ उनले भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर