काठमाडौ ७ वैशाख । दार्चुलामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीचमात्रै गठबन्धन हुने भएको छ ।
सहमति अनुसार नौ स्थानीय तहमध्ये दुई नगरपालिकासहित पाँच कांग्रेस र अन्य चारवटा गाँउपालिका माओवादी केन्द्रले लिने सम्झौता भएको छ ।
सुदूरपश्चिम प्रदेशको दार्चुलामा माधव नेपाल नेतृत्वको एकिकृत समाजवादी पार्टी भने बाहिरिएको छ ।
सहमति भए अनुसार महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका, दुहुँ गाउँपालिका र व्याँस गाउँपालिकाको अध्यक्ष÷प्रमुख पाउने भएको छ ।
त्यसैगरी, माओवादीको भागमा दार्चुलाको अपिहिमाल गाउँपालिका, मार्मा गाउँपालिका, नौगाड गाउँपालिका र लेकम गाउँपालिकाको अध्यक्ष परेको छ ।
दुई पार्टी बिच भएको गठवन्धनको नेकपा एसले भने आपत्ती जनाएको छ । आफ्नो पार्टीलाई पेलेर जाने कुरा मान्य नहुने भन्दै समाजवादीका सुदूरपश्चिम प्रदेश उपाध्यक्ष हर्क सिंहले भने आपत्ती जनाएका छन् ।
‘गठबन्धन भनेको सम्मानजनक सहभागिता भएकाले पोजिसन हेरेर स्थान दिनुपर्छ’ उनले भनेका छन् ।