अब मन्त्रीहरुको हेरफेर भए माओवादीलाई हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड — OSNepal

अब मन्त्रीहरुको हेरफेर भए माओवादीलाई हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

LC (KTM) March 22, 2022 0

काठमाडौं ८ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिपरिषद्मा मन्त्री हेरफेरको कुरा चलिरहेको खुलासा गरेका छन् । जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

केही मन्त्रालय हेरफेर हुने सम्भावना रहेको बताएका उनले अब मन्त्रिपरिषद् हेरफेर हुँदा आफ्नो पार्टीलाई हैसियतअनुसार मन्त्रालय चाहिने स्पष्ट पारेका छन् । साथै यस विषयमा आफुले प्रधानमन्त्री समक्ष पनि कुरा राखिसकेको बताएका छन् ।

औपचारिक ढंगले टुंगो नलागेपनि मन्त्री हेरफेरको विषयमा भने कुरा भइरहेको बताएका छन् । ‘मन्त्रिपरिषद्‌मा हेरफेरको कुरा त चलेको छ । औपचारिक ढंगले टुंगिएको छैन,’ उनले भने ।

चुनाव केन्द्रित प्रशिक्षण कार्यक्रममा सहभागी हुन अध्यक्ष प्रचण्ड जनकपुरधाम पुगेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर