प्रधानन्यायाधीश विरुद्धको महाअभियोग प्रस्तावमाथि चैत २ गते बस्ने संसद बैठकमा छलफल हुने — OSNepal

प्रधानन्यायाधीश विरुद्धको महाअभियोग प्रस्तावमाथि चैत २ गते बस्ने संसद बैठकमा छलफल हुने

LC (KTM) March 13, 2022 0

काठमाडौं २९ फागुन । आज बसेको संसद बैठक चैत २ गते बस्ने गरि स्थगित भएको छ । आइतबार बसेको संसद बैठकमा निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा विरुद्धको महाअभियोग प्रस्ताव संसद पेश भएको छ ।

महाअभियोगको विषयमा छलफल भने आगामी चैत २ गते बस्ने संसद बैठकमा हुने भएको छ । गत फागुन १ गते ९५ जना सांसदहरुले संविधानको धारा १०१ को उपधारा (२) एवं प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६१ को उपनियम बमोजिममहाअभियोग प्रस्ताव दर्ता गरेका थिए ।

साथै आज बसेको संसद बैठकमा सार्वजनिक लेखा समितिको एक्काइसौं वार्षिक प्रतिवेदन २०७८ सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले पेश गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर