काठमाडौं २९ फागुन । आज बसेको संसद बैठक चैत २ गते बस्ने गरि स्थगित भएको छ । आइतबार बसेको संसद बैठकमा निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा विरुद्धको महाअभियोग प्रस्ताव संसद पेश भएको छ ।
महाअभियोगको विषयमा छलफल भने आगामी चैत २ गते बस्ने संसद बैठकमा हुने भएको छ । गत फागुन १ गते ९५ जना सांसदहरुले संविधानको धारा १०१ को उपधारा (२) एवं प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६१ को उपनियम बमोजिममहाअभियोग प्रस्ताव दर्ता गरेका थिए ।
साथै आज बसेको संसद बैठकमा सार्वजनिक लेखा समितिको एक्काइसौं वार्षिक प्रतिवेदन २०७८ सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले पेश गरेका छन् ।