लुक्ला विमानस्थल नजिकै आगलागी : सिम्रिक एयरको हेलिकोप्टरले थाल्यो सुर्के खोलाबाट पानी निकाल्दै आगो निभाउन — OSNepal

लुक्ला विमानस्थल नजिकै आगलागी : सिम्रिक एयरको हेलिकोप्टरले थाल्यो सुर्के खोलाबाट पानी निकाल्दै आगो निभाउन

LC (KTM) March 07, 2022 0

काठमाडौं २३ फागुन । सोलुखुम्बुको तेन्जिङ हिल्लारि विमानस्थल लुक्ला नजिकैको वनमा लागेको आगो निभाउन काम सुरु भएको छ । तेन्जिङ हिलारी विमानस्थल लुक्ला नजिकैको नक्चुङ सामुदायिक वनमा गए रातिदेखि भिषण आगलागी लागेको हो ।

अहिले काठमाडौंबाट फायर फाइटिङसहितको सिम्रिक एयरको हेलिकोप्टर मार्फत आगो निभाउने काम भइरहेको छ । सिम्रिक एयरको हेलिकोप्टरले स्थानीय सुर्के खोलाबाट पानी भरेर आगो निभाउन सुरु गरेको हो ।

आगलागीबाट निस्केको धुवाँले गर्दा आज बिहाज एक घण्टा विमानस्थल नै बन्द भएको नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ । अहिले भने हावाको कारणले धुवाँ यता उता जाँदा विमान सथल सुचारु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर