काठमाडौं २३ फागुन । सोलुखुम्बुको तेन्जिङ हिल्लारि विमानस्थल लुक्ला नजिकैको वनमा लागेको आगो निभाउन काम सुरु भएको छ । तेन्जिङ हिलारी विमानस्थल लुक्ला नजिकैको नक्चुङ सामुदायिक वनमा गए रातिदेखि भिषण आगलागी लागेको हो ।
अहिले काठमाडौंबाट फायर फाइटिङसहितको सिम्रिक एयरको हेलिकोप्टर मार्फत आगो निभाउने काम भइरहेको छ । सिम्रिक एयरको हेलिकोप्टरले स्थानीय सुर्के खोलाबाट पानी भरेर आगो निभाउन सुरु गरेको हो ।
आगलागीबाट निस्केको धुवाँले गर्दा आज बिहाज एक घण्टा विमानस्थल नै बन्द भएको नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ । अहिले भने हावाको कारणले धुवाँ यता उता जाँदा विमान सथल सुचारु भएको छ ।