एमाले सांसद बानियाँविरुद्ध एक महिलालाई बलात्कार गरेको अभियोगमा पक्राउ पुर्जी जारी — OSNepal

एमाले सांसद बानियाँविरुद्ध एक महिलालाई बलात्कार गरेको अभियोगमा पक्राउ पुर्जी जारी

LC (KTM) February 16, 2022 0

काठमाडौं ४ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता तथा मुगुका सांसद मोहन बानियाँविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।

केहि दिन अगाडी जुम्लाकी एक ४० वर्षीया शिक्षिका महिलाले आफु माथि सांसद बानियाँले जवरजस्ती करणी गरेको किटानी जाहेरी दिएकी थिइन् ।

उक्त महिलाको किटानी दिएको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ पुर्जी जारी गरेको हो ।

पक्राउ पुर्जी जारी भएसँगै सांसद बानियाँको खोजी कार्य सुरु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर